अपहेलना मुद्दामा लिखित जबाफ बोकेर प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

अपहेलना मुद्दामा लिखित जबाफ बोकेर प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने भएका छन् । अदालतको अवहेलना मुद्दामा अदालतको आदेशअनुसार उनी आफै लिखित जबाफ बोकेर सर्वोच्च जान लागेका हुन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।ओलीले उक्त मुद्दामा म्याद भने गत आइतबार नै बुझेका थिए । उनले सर्वोच्चमा बहस गर्ने वरिष्ठ वकिललाई ‘बाजे वकिल’ भन्दै अभिव्यक्ति दिएका थिए ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares