महिला हिंसा र विभेदविरूद्ध काठमाडौंको सडकमा प्रतिकात्मक शव र मलामीसहितको मार्चपास

महिला हिंसा र विभेदविरूद्ध काठमाडौंको सडकमा प्रतिकात्मक शव र मलामीसहितको मार्चपास

काठमाडौं । महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो।

शुक्रबार काठमाडौंको बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आयि मार्चमा सुरु भएको छ।कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरिरहेका छन्।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares