प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ

प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाएको हो ।झाँक्रीलाई दिइएको पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको उल्लेख छ।

यसको दफा १ मा लेखिएको छ ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन ।’

यस्तो कसूर प्रमाणित भएमा कसूरदारलाई ७ वर्ष कैद वा ७० हजा रुपैयाँ जिरवाना वा दुबै सजाय हने व्यवस्था छ ।

Share This
  • 2.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.1K
    Shares