कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट , दुई जनाको मृत्यु

कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट , दुई जनाको मृत्यु

काठमाडौं।  भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ ।

सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ ।भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।

शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares