आज काठमाडौँका २१ ठाउँमा विद्युत आपुर्ती अवरुद्ध हुने

आज काठमाडौँका २१ ठाउँमा विद्युत आपुर्ती अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका २१ ठाउँमा बिजुली काटिने हुने जनाएको छ । प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह अवरुद्ध हुने भएको छ ।

प्राधिकरणका अनुसार धापासी हाइट, हात्तीगौडा, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायतका ठाउँमा केही घण्टा बिजुली नआउने भएको हो । मर्मतको काम सकिए लगत्तै बिजुली आपूर्ति हुने जनाइएको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share