नेकपा प्रचण्ड–नेपाल समूहले  प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  आज पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकले पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण सदस्यबाट समेत नहटाउने भन्ने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यस्तै बैठकले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णयसमेत गरेको छ । संसद् विघटनपछि प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो । यद्यपि उहा केन्द्रिय सदस्यमा भने हुनुहुन्थ्यो । बैठकले माघ १६ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सहिद दिवसको अवसर पारेर जनप्रदर्शन गर्ने बैठकले निर्णय गरेको हो ।


बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । यस्तै, प्रदेश सहइन्चार्जको जिम्मेवारी जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेशल खतिवडा र जगनाथ खतिवडालाई दिने निर्णय समेत गरेको छ । बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने र एकताका बाकी कामलाई टुंगो लगाउने पनि निर्णय गरेको छ ।

Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares