प्रधानमन्त्री ओलीमा कम्युनिष्ट संस्कार छैन – माधव नेपाल

प्रधानमन्त्री ओलीमा कम्युनिष्ट संस्कार छैन – माधव नेपाल

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाउनु भएको छ । आज पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताउनु भएको हो ।

‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार तपाइँले सुन्न बेर छैन । कम्युनिष्ट पार्टीबाट पलायन भएको खबर सुन्न बेर छैन’, नेपालले भन्नुभयो । ओलीमा गुट चलाउने प्रवृत्ति रहेको बताउनुभयो ।

‘ओलीले गुट चलाउनु हुन्छ । त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् ।भक्तजनहरुले आदेश पालना गर्छन्’, नेपालले भन्नुभयो । ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष नेपालले बताउनुभयो ।

‘ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो’ नेपालले भन्नुभयो । ओलीमा आफ्नो प्रशंसा गर्नेलाई मात्रै जिम्मेवारी दिने संस्कार रहेको बताउनुभयो । ‘रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नु हुन्छ । मत दिएको छैन भने किनारा लगाइदिनु हुन्छ’, नेपालले भन्नुभयो ।

२०७१ मा नेतृत्वमा आए पछि ओलीले पार्टी कार्यालय सुनसान बनाएर घरबाट पार्टी चलाएको नेपालले बताउनुभयो। ओलीलाई कार्बाही गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र आफू भएर पार्टी कार्यालयबाट काम गर्न थालिएको उहाले बताउनुभयो ।

Share This
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares