आज पृथ्वी जयन्ती अर्थात एकता दिवस

आज पृथ्वी जयन्ती अर्थात एकता दिवस

काठमाडौं । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर देशभर आज पृथ्वी जयन्ती मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं १७७९ पुस २७ गते उनको जन्म भएको थियो ।

आजैका दिनमा उनले आफ्नो शासनकालमा बाइसे चौबीसे राज्यमा रुपमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका गरेका थिए । उनलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । उनको योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा दोश्रो जनआन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो भने जनस्तरमा यो दिवस मनाउने क्रम भने यथावत नै रहेको छ ।

बिगतका वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •