पूर्वप्रधानन्याधीशलाई अपमानित गर्ने र  धम्क्याउने कार्य रोक्न ‘प्रचण्ड-नेपाल’ समूहद्वारा ओलीलाई चेतावनी

पूर्वप्रधानन्याधीशलाई अपमानित गर्ने र धम्क्याउने कार्य रोक्न ‘प्रचण्ड-नेपाल’ समूहद्वारा ओलीलाई चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्रको प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय गरेको हो ।

चार जना पूर्व प्रधानन्यायाधिशले प्रतिनिधि सभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गर्दै भत्र्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो – चार जना प्रधानन्यायाधिशहरु मिनबहादुर रायमाझि, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले देश जनता लोकतन्त्र संविधान राजनीतिक स्थिरता र सुशासन प्रतिको निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा प्रतिनिधि सभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनि क गर्दै सार्वजनिक वक्तव्य दिनुभएकोमा उहाँहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित गर्ने र धम्क्याउने काम गर्नुभएको छ ।

यो कार्य आपत्तिजनक छ र बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा र्भत्सना गरेको छ । उहाँहरु र देशभरीक नागरिक समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, इन्जिनियर, चिकित्सक, पत्रकार, लेखक, कलाकार, सांस्कृतिककर्मी, र विभिन्न पक्ष तह र तप्काका नागरिकलाई असंवैधानिक अलोकतान्त्रिक र प्रतिगामी कदमका विरुद्ध आफ्नो विचार प्रकट गरिराखेका छन् सबै नागरिकको स्वतन्त्रता र संवैधानिक अधिकारको सम्मान गरिनुपर्छ रक्षा गरिनुपर्छ र हामि संवैधानिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध छौँ । सबै नागरिक समाज प्रबुद्ध व्यक्तिलाई एकजुट हुन र संवैधानिक अधिकार र अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्न आव्हान गर्ने निर्णय गरेको छ ।’

बैठकले सरकारी सञ्चार माध्यमहरु कुनै गुटको प्रचारक जस्तो काम गरेको भन्दै राज्यको स्रोत साधन दुरुपयोग गर्दै गुटलाई सेवा गर्ने काम बन्द गर्न माग समेत गरेको छ । बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढिरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सचिवालय बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएकोमा आफुहरुको विरोध रहेको बताउनुभयो । प्रतिनिधि सभा विघटनपछिको प्रधानमन्त्री ओलीको पहिलो सम्बोधनलाई अस्वीकार गर्दै राष्ट्रिय सभाको आइतबारको बैठकमा सहभागी नभएको पनि उहाँको भनाई छ ।

सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डको भारत भ्रमण परिवारलाई स्वास्थ्यउपचार गराउने शिलशिलामा भएको र उहाँको कुनै राजनीतिक भेटघाट तथा राजनीतिक वार्ता नभएको पनि स्पष्ट पार्नुभयो ।

Share This
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares