पशुपतिनाथ मन्दिर आज बन्द हुने

पशुपतिनाथ मन्दिर आज बन्द हुने

काठमाडौँ । पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने बताइएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ । पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने गर्दछ ।

धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको कोषले जनाएको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •