श्रीमानको हत्या पस्चात आत्महत्या

श्रीमानको हत्या पस्चात आत्महत्या

काठमाडौँ । टोखामा श्रीमानको हत्या गरे पस्चात श्रीमतीले आत्महत्या गरेकी छिन । सुर्खेत घर भई टोखामा बस्दै आएकी सुदीक्षा गिरीले श्रीमान् उमेश केसीको सिलौटोले कन्चटमा हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

केही समयअघी मात्र अमेरिकाबाट नेपाल आएका श्रीमान् र उनकी पत्नीबीच केही समयदेखि विवाद हुँदै आएको र सोही विवादले उग्ररुप लिएपछि उक्त घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । केसीको शव बेडरुममा र श्रीमती सुदीक्षाको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •