संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् ।

संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै उनले समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको पनि उनले बताए ।

‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले सम्भ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ,’ महतोले रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भने, ‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।’

देशमा संसद पुनःस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने पनि ठोकुवा गरे ।

महतोले चुनाव प्रतिगमनकारीको धन्दा भएको अभिव्यक्ति दिँदै उनले चुनाव भए फेरि पनि प्रतिगमन हुने पनि ठोकुवा गरे । पटक पटक प्रतिगमनहरु भएको उल्लेख गर्दै सातपटक संविधान बन्दा पनि समस्या समाधान नभएको पनि महतोले जिकिर गरेका थिए ।

‘सातपटक संविधान बन्दा पनि किन समस्या आयो ?,’ महतोले भने, ‘बहुलराष्ट्रिय राज्य स्थापनामा जानैपर्छ । बहुलतामा नगएसम्म प्रतिगमन भइरहन्छ र देश गोलचक्करमा फँसिरहनेछ । ’

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •