एनजीओ र आईएनजीओलाई कडा कारबाही गर्न बहिर्गमित जनमुक्ति सेनाको माग

एनजीओ र आईएनजीओलाई कडा कारबाही गर्न बहिर्गमित जनमुक्ति सेनाको माग

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय संस्था (आईएनजीओ) हरुलाई कारबाही गर्न माग गरेको छ ।

समितिले विज्ञप्ती जारी गर्दै नेपालको शान्ति प्रक्रिया, बाल–सेनाको व्यवस्थापन, घाइते तथा अपाङ्ग व्यक्तिहरुको व्यवस्थापन, शहिद तथा बेपत्ता परिवारको व्यवस्थापनका नाममा केहि एनजीओ तथा आईएनजीओहरुले गलत क्रियाकलाप गरिरहेको आरोप लगाउँदै कारबाहीको माग गरेको हो ।

विसं २०६६ यता निरन्तर आत्मसम्मान र अधिकार स्थापनार्थ संघर्षरत छ । क्यान्टनमेन्टबाट भएको बहिर्गमन प्रकृया पछि उनीहरुले संघर्षका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

यसबीच बनेका विभिन्न सरकारसँग थुप्रै वार्ता र सम्झौताहरु गरिए पनि हालसम्म व्यवहारमा लागु नभएको समितिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । समितिले चार हजार आठ बहिर्गमित जनमुक्ति सेनाको मुद्दाप्रति गम्भिर हुन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Share This
  • 137
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    137
    Shares