सुदूपश्चिमका अर्थमन्त्रीले दिए राजीनामा, ओली पक्षलाई समर्थन गर्ने

सुदूपश्चिमका अर्थमन्त्रीले दिए राजीनामा, ओली पक्षलाई समर्थन गर्ने

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्।

पूर्व माओवादीबाट निर्वाचितबोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

धनगढीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको जानकारी दिएका छन। सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–माधव पक्षको बहुमत छ । केही दिनअघि मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका थिए ।

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares