ओली कदमविरुद्ध अनेरास्ववियुको दोस्रो चरणको आन्दोलन गर्दै, वयलगाडा सम्म प्रदर्शन गर्ने

ओली कदमविरुद्ध अनेरास्ववियुको दोस्रो चरणको आन्दोलन गर्दै, वयलगाडा सम्म प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ।संगठनले मंगलबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको हो ।

पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने बतायिएको छ ।आन्दोलनका क्रममा केपी ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउनेदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्म कार्यक्रम राखिएको अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले बताए ।

उनका अनुसार पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गते नै प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने,पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन, सिट्ठी र लाठी जुलुस गर्ने तथा २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना दिने कार्यक्रम छ ।

आन्दोलनका क्रममा प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै वयलगाडा प्रदर्शन र ज्ञापनपत्र तथा धर्ना कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइयो । सो संगठनले लिम्पियाधुरा सहितको नक्सा भएको पाठ्यपुस्कत वितरण गर्न माग गर्दै अनलाइन कक्षाको नाममा लिइएको शुल्क खारेज गर्न दबाब दिने भएको छ ।

यस्तो छ विज्ञप्ति:

Share This
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares