‘फाटेको चोली’: भाइरल सचिन परियारका बुबाको विदेशमै मृत्यु भएपछि आमा रुँदै सेतो कपडामा

‘फाटेको चोली’: भाइरल सचिन परियारका बुबाको विदेशमै मृत्यु भएपछि आमा रुँदै सेतो कपडामा

काठमाडौं । युट्युबमा भाइरल भएका सचिन परियार अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । रसिका म्यूजिक प्रालिद्वारा निर्मित म्यूजिक भिडियोमा सचिनका साथै चेत बुढाथोकी र सारिका केसीले पनि अभिनय गरेका छन् ।

गायीका देवी घर्ती मगर र चेत बुढाथोकीको आवाज रहेको गीतमा वाध्यताले वैदेशिक रोजगारीमा गएका युवकको व्यथा र त्यसले उनको परिवारमा परेको पीडा प्रस्तुत गरिएको छ । समाजमा ठूलो समस्याको रुपमा जरो गाडेको वैदेशिक रोजगारीको एउटा पाटोलाई भिडियो मार्फत् कुशलतापूर्वक प्रस्तुत गरिएको छ ।

दिनेश राजबाहकको संगीत संयोजन रहेको सो गीतमा शब्द र संगीत चेत बुढाथोकीको रहेको छ । विक्रम चौहानको निर्देशन रहेको म्यूजिक भिडियोमा अजय रेग्मीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

Facebook Comments Box
Share This
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares