खुइलीलाई देउता चढेपछि ‘झाँक्री’ले यसरी गरे उपचार

खुइलीलाई देउता चढेपछि ‘झाँक्री’ले यसरी गरे उपचार

रोगव्याधी लाग्दा धामीझाँक्री लगाउने नेपालको मौलिक परम्परा हो । अहिलेको वैज्ञानिक युगमा धामीझाँक्रीले फुकफाक गर्ने तरिका सही हो वा गलत हो भन्ने विषय बहसको फरक पाटो हो । तर, यो हाम्रो कला, संस्कृति तथा परम्पराको महत्त्वपूर्ण हिस्सा हो भन्ने कुरामा भने दुई मत छैन ।

यही मौलिक परम्परा जगेर्ना गर्ने उद्देश्यले गायक तथा कलाकार चेत बुढाथोकीले नयाँ ‘झाँक्री’ गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द तथा संगीत पनि बुढाथोकी कै रहेको छ ।

यस्तै, टेलिचलचित्र गोलमालका कलाकारद्वय नवीना सिलवाल खुइली तथा पवन खतिवडा म्याकुरीले म्यूजिक भिडियोमा मुख्य अभिनय गरेका छन् ।

रसिका म्यूजिकले निर्माण गरेको म्यूजिक भिडियोमा निरज कँडेलको छायांकन रहेको छ । सामाजिक विषयवस्तु उठान गरेर बनाइएको भिडियोको सम्पादन क्रान्ती केसीले गरेका हुन् भने भीएफएक्स डेकन पिक्चर्सले गरेको छ ।

भिडियोका निर्देशक समेत रहेका बुढाथोकीले नेपालको गाउँठाउँमा कुनैबेला प्रचलनमा रहेको धामीझाँक्री लगाउने परम्पराको संरक्षण गर्ने उद्देश्यले यो गीत बनाएको बताएका छन् । संसार वैज्ञानिक युगमा प्रवेश गरेसँगै हाम्रा पुरातात्त्विक तथा मौलिक परम्पराहरु विस्तारै ओझेलमा पर्दै गएकाले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको धारणा उनले दिएका छन् ।

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares