पूर्व मिस इङल्याण्ड जारा हल्याण्ड पक्राउ

पूर्व मिस इङल्याण्ड जारा हल्याण्ड पक्राउ

एजेन्सी । कोरोनाभाइरस संक्रमित पूर्व मिस इङल्याण्ड जारा हल्याण्ड पक्राउ परेकी छिन् ।

कोरोनाभाइरस सम्बन्धी नियम तोडेको आरोपमा विमान चढेर भाग्न लागेकी जारामाथि मुद्दा चलाइएको छ । डेलीमेलको समाचारअनुसार जारा आफू कोरोनाभाइरस संक्रमित भएको पुष्टि भइसकेपछि पनि आफ्ना ब्वाइफ्रेण्डको साथमा विमान चढेर बारबाडोसबाट भाग्ने प्रयासमा थिइन् । २५ वर्षकी जारा र उनका ३० वर्षका ब्वाइफ्रेण्ड एलियट लभलाई ग्रयान्टली इन्टरनेशनल एयरपोर्टबाट पक्राउ गरिएको हो ।

जारामाथि यो अपराधको लागि १८ हजार पाउण्ड जरिवाना लगाइन सक्छ । साथमा उनलाई एक वर्षको जेल सजाय पनि हुन सक्छ । जारालाई बुधबार अदालतमा पेश गरिँदैछ । रिपोर्टअनुसार यो जोडी गत हप्ता मात्र भर्जिन एटलान्टिक एयरलाइन्सको उडानबाट बारबाडोस गएका थिए ।

उनीहरुलाई क्राइस्ट चर्च होटलमा क्वारेन्टाइनमा राखिएको थियो । परीक्षणमा स्वास्थ्य अधिकारीहरुले २ जनामध्ये एक जना संक्रमित भएको बताएपछि दुबैले आफ्नो हातमा लगाइएको रातो ब्याण्ड खोलेर ट्याक्सी चढेर विमानस्थलतर्फ हिँडेका थिए ।

विमानस्थल पुगेपछि यी दुईले बेलायतको लागि उडान बुक गर्ने कोसिस पनि गरे । तर, उनीहरुलाई विमानस्थलका अधिकारीहरुले पक्राउ गरे । बारबाडोस टुडेका अनुसार जाराले आफ्नो यो कार्यको लागि माफी मागेकी छिन् ।

उनले आफू सुन्दर बारबाडोस द्विपको पाहुना भएको बताउँदै यो सुन्दर स्थानको नोक्सानी हुने कुनै काम नगर्ने बताएकी छिन् । उनले स्थानीय प्रशासनसँग मिलेर यो मुद्दा सुल्झाउने प्रयास गरिरहेको पनि बताएकी छिन् ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •