January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित

काठमाडौं । स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको  हो ।

Advertisement

आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो । फेरि उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

संघले स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा भने नरोकिएको उनले बताए । मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

यसअघि मन्त्रालयले आवश्यकता र प्राथमिकताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि स्थायी नियुक्त कर्मचारीहरुलाई कामकाजमा खटाउँदै आएको थियो ।