June 22, 2021, Tuesday
८ असार २०७८, मंगलवार

अनुभव नभएका नेपाली कम्पनीहरु मल आयात गर्न पूर्ण असफल

काठमाडौं । नेपाली कम्पनीले मल किन्ने ठेक्का पाएता पनि मल आयात गर्न सकेनन् । मल किनेको अनुभव नै नभएका कारण नेपाली कम्पनीले ठेक्का पाएर पनि मल आयात गर्न नसकेका हुन् । यस वर्ष मल किन्न नेपाली कम्पनीले पहिलोपटक ठेक्का पाएका थिए र पनि आयात गर्न सकेनन् ।

Advertisement

कृषि सामग्री कम्पनी लिमिटेड भन्छ, “शैलुङ इन्टरप्राइजेजले गत वैशाख दोस्रो हप्ता र साउन पहिलो हप्तामा पटकपटक गरी कुल ८० हजार मेट्रिकटन (मेटन) युरिया मल किन्नका लागि तीनओटा ठेक्का पाएको थियो .

मुक्तिनाथ कृषि कम्पनीले साउन १८ गते २५ हजार मेटन युरिया र ३० हजार मेटन डीएपी किन्न तथा आयातको ठेक्का पाएको थियो, तर अब सबै ठेक्काको म्याद समाप्त भइसकेको छ ।” यसरी पहिलोपटक ठेक्का पाएका यी दुवै कम्पनीलाई यसअघि मल किनेको तथा आयातको अनुभव नभएका कारण मल आयात गर्न नसकेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेको भनाइ छ ।

उनले भने, “यी कम्पनीहरूले अन्तरराष्ट्रिय बजारमा आफूलाई छिराउनै सकेनन्, जसले गर्दा किसानले निकै दुःख पाउनुपर्‍यो ।”

सार्वजनिक खरीद ऐन र नियमावलीअन्तर्गत रहेर निकालिएको ४६ दिने ग्लोबल टेन्डरमा सबैभन्दा कम रकम बोलकबोल गरेकाले नै अनुभव नभएकालाई ठेक्का दिएको तर अब आउँदा दिनहरूमा यस्तो समस्या आउन नदिनका लागि मन्त्रालयले छलफल गरिरहेको पनि घिमिरेले बताए । यो खबर आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।