प्राधिकरणले भारतमा बिजुली बेच्न टेन्डर आव्हान गर्‍यो

प्राधिकरणले भारतमा बिजुली बेच्न टेन्डर आव्हान गर्‍यो

काठमाडौँ । भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको जनाइएको छ ।

बिध्युत प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयोगबाट स्वीकृति पाएसँगै गत हप्ता नै उक्त टेन्डरमा आवेदन पेश गरेको जानकारी दिएका छन् ।

भारतको टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । टेन्डरमा सोही दरलाई नै आधार बनाएर प्रस्ताव पेश गरिएको प्रवक्ता तिम्सिनाले जानकारी गराएका छन् । “त्यसमा प्रसारण लाइनलगायतका लागत पनि जोडिन्छ । तर, सोही दरलाई नै आधार मूल्य बनाएर एनभीभीएनमार्फत प्रस्ताव पेश गरिएको छ,” उनको भनाइ छ ।

बीआरपीएल भारतको विद्युत् वितरण गर्ने कम्पनी हो । उक्त कम्पनीले २५ देखि ७०० मेगावाट सम्म विद्युत् आपूर्ति गर्नेगरी टेन्डर आह्वान गरेको थियो जसमा प्राधिकरणले टेन्डर हालेको हो । यो खबर आजको आर्थिक अभियान दैनिकमा रहेको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •