निजी फर्म नवीकरण गर्न चैत २० सम्म म्याद थप

निजी फर्म नवीकरण गर्न चैत २० सम्म म्याद थप

काठमाडौं । बिभिन्न कारणले दर्ता नवीकरण हुन नपाएका निजी फर्म दर्ताका लागि आगामी २० गतेसम्मको समयावधि थप गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राइभेट फर्म रजिस्ट्रेशन (तेह्रौं संशोधन) नियमावली २०७७ मा संशोधन गर्दै गतवर्ष चैतदेखि नवीकरण हुन छुटेका फर्महरू दर्ताका लागि समयावधि थप गरिएको जनाइएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी बन्दाबन्दी गरिएकाले फर्म नवीकरण गर्न नपाएको भन्दै निजीक्षेत्रले सरकारसँग समय थपको माग गरेको थियो । मन्त्रालयले नियमावली संशोधन गरी नवीकरण छुटेका फर्महरूलाई विना कुनै विलम्ब शुल्क तथा जरीवाना नवीकरण गर्न दिने निर्णय गरेको हो । यसका लागि मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशनसमेत दिइसकेको छ ।

यसैगरी ३४ वर्षदेखि नवीकरण छुटेका निजी फर्महरू नवीकरण दर्ताका लागि सरकारले बाटो खोलेको छ । २०४२ सालयता नवीकरण छुटेका निजी फर्महरूका लागि कारण देखाई नवीकरणका लागि आवेदन गर्ने बाटो खोलेको हो । निश्चित जरीवाना तिराएर त्यस्ता फर्महरू नवीकरणका लागि बाटो खोलिएको मन्त्रालयले जानकारी गराएको छ । बिभागका अनुसार २०४२ मा विभागमा ५ लाख निजी फर्म दर्ता भएका थिए । जसमध्ये करिब ५० प्रतिशत जती फर्महरूले मात्रै नवीकरण गरेको देखिन्छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा रहेको छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •