January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

एसएसपी सुशील यादव मृत फेला

काठमाडौैं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन्।

संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख समेत रहेका उनी निवासभित्र झुन्डिएको अवस्थामा फेला परेको दाबी गरिएको छ।

यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन्। ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए। उनको मृत्युको एकिन कारण भने खुलेको छैन।

Advertisement