October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

प्रतिबन्धित ‘रेडबुल’ स्टोरमा छापा, चार पक्राउ

प्रहरीले काठमाडौँका चार ठाउँमा रहेका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चारजना स्टोर सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरी छन् ।

काठमाडौँको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटारलगायतका स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित निलो रेडबुल नेपालमा ल्याई बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ५ साउनमा छापा मारेको हो ।

उक्त स्थानमा छापा मार्दा प्रतिबन्धित निलो कलरको शक्तिबर्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी चार जना व्यक्तिको साथबाट २०२ कार्टुन अर्थात ४ हजार ८ सय ४८ थान बरामद गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए ।

बरामद रेडबुलमध्ये ८४ कार्टुन बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी सर्लाही हरिपुर नगरपालिका–१ घर भई हाल काठमाडौँ गोठाटार बस्ने वीरेन्द्र चौधरीले बिक्रीवितरण गरिरहेको अवस्थामा नयाँबस्ती गोठाटारबाट बरामद भएको एसपी कोइरालाले बताए ।

साथै, बरामद सामानहरु खुला सीमानाको फाइदा उठाउँदै भारतसँग सीमानाका जोडिएका तराईका विभिन्न जिल्लाहरुबाट लुकाईछिपाई नेपाल भित्र्याउने र पिकअप भ्यान तथा रात्रीकालिन बसका विभिन्न भागमा लुकाई काठमाडौँसम्म ओसारपोसार गरी बजारमा बिक्रीवितरण गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।