खेलकुद

नेपाल एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोटबाटै बाहिरियो

काठमाडौं । हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा म्यानमारसँग पराजित भएसँगै एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाटै बाहिरिएको छ । नेपाल पराजित भएसँगै नेपालको छनोट हुने सम्भवना सकिएको हो । खेलको चौथो मिनेटमा नै नेपालले गोल खान पुगेको थियो । पाचौ मिनेटमा अर्को गोल खाएको नेपालले छैटौ मिनेटमा तेस्रो गोल खान पुगेको थियो । […]

काठमाडौं । नेपाल उसु संघको केन्द्रीय साधारण सभाले वीर बहादुर तामाङको अध्यक्षतामा २८ जनाको केन्द्रीय कमिटी गठन गरेको छ । आइतबार सम्पन्न भएको संघको केन्द्रीय साधारण सभाले तामाङको अध्यक्षतामा १६ जना निर्वाचित र १२ जना मनोनित गरि २८ जनाको केन्द्रिय कमिटी गठन गरेको जानकारी दिएको हो । कार्य समितीको अध्यक्षमा तामाङ सहित सहअध्यक्ष जनक बतौला, […]

‘नेपालगन्जको खेलकुदले काँचुली फेर्दैछ’

नेपालगञ्ज । राजपरिवारका सदस्यहरु शिकार खेल्न बर्षमा एकपटक काठमाडौं बाहिर निस्कन्थे । उनीहरु शिकार खेल्नमा सौखिन थिए । बिशेषगरी तराइका घना जंगल राजपरिवारको पहिलो रोजाइ हुन्थ्यो । यसैक्रममा २०२० सालमा राजा महेन्द्र शिकार खेल्न नेपालगन्ज आएका थिए । नेपालगन्जस्थित रामलिला मैदानमा कडा सुरक्षा घेराबीच क्याम्प खडा गरेर बसेका राजा महेन्द्रसमक्ष बिन्तीपत्र चढाइए पश्चात रंगशालाको प्रारुप […]

विश्वकपः नकआउट चरण मा को को सग भिडदै,

असार, काठमाडौं । बेल्जियमले इंग्ल्याण्डलाई हराएसँगै विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ । बिहीबार राति भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । उसका लगि ५१ औं मिनेटमा जुनेजाजले गोल गरे । समूह चरणको सबै खेल जितेको बेल्जियम समूह जीको विजेता बनेको छ भने इंग्ल्याण्ड उपविजेता भएको छ । नकआउट चरणमा […]

२१ औँ विश्वकप : ३२ देश, ६४ खेल र ७३६ खेलाडी

काठमाडौ । विश्व फुटबलको महाकुम्भ बिहीबारदेखि रसियाको मस्कोमा सुरु भएको छ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, […]

विश्वकपको अफिसियल गितको भिडियो

काठमाडौ, २७ जेठ । रसिया विश्वकप फुटवल २०१८ को गितको अफिसियल भिडियो सार्वजिनिक गरिएको छ । उक्त गितलाई खेलको आधिकारीक गितको भिडियो बनाएर सार्वजनिक गरिएको हो ।  दुई साता अगाडी भने गितको अडियो सार्वजनिक गरिएको थियो । अगामी जुन १४ मा हुने उद्घाटन खेलमा उक्त गित समेत देखाइने छ । भने गित गाएका गायकहरुले लाइभ […]

स्टाइलिस ब्राजिलियन टिम,

अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ। अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका थिए। विश्वकपमा लागि गएको ब्राजिलियन टोली सोचीको स्वीसटोल […]

म्याच फिक्सिङको चपेटामा परेका फुटबलर सागर थापासहित ६ जनालाई सफाइ

म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।अदालतका न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला गरेको हो । फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका अन्य खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको […]

सरकारी वेवास्ताले कर्णालीका खेलाडी पोशाकबिहीन

सुर्खेत । ३१०औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरुले पोसाक नपाएको गुनासो गरेका छन् । राष्ट्रिय खेलमा सहभागी हुन काठमाण्डौ पुगेका कर्णाली प्रदेशका खेलाडीहरुले पोशाक नपाएको गुनासो गरेका हुन् । भलिबल, कबडी, एथ्लेटिक्सका खेलाडीहरु पोशाक बिना राष्ट्रिय खेलमा सहभागी हुने तयारी गरीरहेका छौं प्रदेशका खेलाडीहरुको नेतृत्व गरेका राष्ट्रिय खेलाडी जीवन शाहीले भने पोशाक […]