विचार/दृष्टिकोण

वाईडबडी काण्ड प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ :: अध्यक्ष डा. लोहनी

काठमाडौं, ५ माघ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वाईडबडी विमान खरिद प्रकरण पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा र सहमतिमा भएको देखा परेको गम्भिर आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले भने,‘यो काण्ड दुई […]

प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ :: सल्लाहकार डा. भट्टराई

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म हुने उक्त भ्रमण र स्वीट्जरल्याण्डको […]

प्रस्तावित दरबन्दी संरचना फिर्ता नगरे सरकार बिरुद्ध झन कडा आन्दोलन गर्ने (हान)को चेतावनी

काठमाडौं, ३ माघ । ९ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले प्रस्तावित दरबन्दी संरचना तत्काल फिर्ता गर्न सरकारसमक्ष आग्रह गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो आग्रह गरेको हो । सरकारले प्रस्तावित दरबन्दी संरचना फिर्ता नगरे देशभरिका स्वास्थ्य चौकी ठप्प पार्ने, नियुक्ती पत्र जलाउने, सामूहिक राजिनामा दिने र […]

आयोग अलोकतान्त्रिक छ, यसका कामहरु छापामार शैलीका छन्:: एनप्याब्सन अध्यक्ष सापकोटा

काठमाडौं, ०२ माघ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य एवम् हिसानका अध्यक्ष रमेश सिलवालले आयोगको प्रतिवेदनमा नेपाललाई (एजुकेशन हब) बनाउने कुरा समावेश गरिएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिलवालले सार्वजनिक शिक्षाको गुस्तरमा बृद्धि र निजी विद्यालयहरुलाई व्यस्थापन गर्दै नेपाललाई ‘एजुकेशन–हब’ बनाउने रणनीतिअनुसार आयोगले प्रतिबेदन तयार पारेर प्रधानमन्त्री केपी शर्मा […]

लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाए ः सांसद यादव

काठमाडौं, ३० पुस । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् वाईडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नै सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले समितिका सभापतिले नै समितिको पूर्ण बैठकले मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका […]

प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् ः अध्यक्ष डा. श्रेष्ठ

काठमाडौं, २९ पुस । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस भनेर म यही […]

सुधारगृह सञ्चालकहरु भन्छन् :: ‘निर्धक्क भएर काम गर्ने वातावरण छैन’

काठमाडौं, २८ पुस । सुधार गृह सञ्चालहरुले अझैपनि निर्धक्क भएर काम गर्ने वातावरण नभएको गुनासो पोखेका छन् । Recovering Society Of Nepal ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । नेपाल बार एशोशिएसनका निर्वतमान सचिव एव्म अविक्ता विष्णु लुईटेलले नागरिकहरुको बारेमा चासो राख्नु राज्यको कर्तव्य रहने बताएका छन् । उनले लागू पदार्थ […]

जनताको बीचमा आशा जगाउने सन्देश प्रवाह गर्नुहोस् ः उपप्रम पोखरेल

भरतपुर । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन । उनले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्योलता सिर्जना गरेको बताए । “सञ्चार माध्यमले नकारात्मक विषयलाई मात्रै होइन, प्राप्त भएका उपलब्धिका विषयमा […]

स्थानीय तहदेखि केन्द्रिय तहसम्म भ्रष्टाचारले ब्रम्हलुटको रुप लिईसकेको छ’

काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोलि राष्ट्रिय एकता दिवस देशव्यापी भव्य रुपमा मनाउन र उक्त दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनले भने,‘पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नुहुँदैन् । एकीकरणको गौरव र ईतिहाँस कहिल्यैपनि परिवर्तन हुँदैन्।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको […]