समाज

जेठ ११ र १२ गते पोखरामा हुने विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा

काठमाडौं, २ जेठ । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले यही जेठ ११ र १२ गते पोखरामा आयोजना गर्ने ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा भएको जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो जानकारी दिएको हो । समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले उक्त महासभामा देशका ६० भन्दा बढि […]

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालद्वारा अवैध जग्गा दर्ता खारेजीको माग

काठमाडौं, २५ बैशाख । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरि अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ । मञ्चले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेको हो । मञ्चका निवर्तमान अध्यक्ष ल्यामबहादुर दर्जीले भने,‘भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता […]

श्री ५ विद्यादेवी भण्डारीको सरकारको जनता हुन पाएकोमा धन्यवाद : रामहरि खतिवडा

काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवम् पूर्व मन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन् । सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पूर्व मन्त्री तामाङले यस्तो बताएका हुन् । नेपालको राष्ट्रिय झण्डा विश्वसामू […]

जेठ ६ गते ईटहरीमा दिव्य धर्मसभा हुने, दशौं हजारको उपस्थिति रहने विश्वास

काठमाडौं, २३ बैशाख । सनातन युवा मञ्च नेपालको आयोजनामा आगामी जेठ ६ गते भगवान बराह प्रादुर्भाव भएको पावन नगरी इटहरीमा दिव्य धर्म सभा हुने भएको छ । सोमबार रिपोर्टर्स कलब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले यस्तो जानकारी गराएको हो । मञ्चद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘व्यक्तिगत स्वार्थरहित श्रुति–स्मृति, पूराण आदि मानवतावादी ग्रन्थहरुको उच्च अध्ययन गरेका ज्ञान […]

सत्य निरुपण तथा बेपत्ता छानविन आयोगमा नयाँ पदाधिकारी नियुक्तिबारे द्वन्द्वपीडित तथा मानवअधिकार समुदायको ध्यानाकर्षण

काठमाडौं, १९ बैशाख । सरकारले आफूहरुको सुझाव बेवास्ता गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा नयाँ पदाधिकारीहरुको नियुक्ति गर्न गैरहेको भन्दै द्वन्द्वपीडित तथा मानवअधिकार समुदायले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे संक्रमणकालीन न्यायप्रक्रियालाई समेत असर पार्ने गरी नेपाल सरकारले संविधान, सम्मानीत सर्वाेच्च अदालतको […]

ललिता निवासको साँढे चार सय कित्ता जग्गा रोक्का गर्यौं, विष्णु पौडेलको छोराले किनेको जग्गा वैधानिक छ : मन्त्री अर्याल

काठमाडौं, १४ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं […]

खुल्लामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य :पूर्व रक्षामन्त्री प्रधान

काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । खुल्लामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीको साथै […]

आध्यात्मिक केन्द्र स्थापनाको लागि बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंमा हुने गीताज्ञान महानुष्ठानको तयारी पूरा

काठमाडौं, १५ बैशाख । नेपालकै नमूना आध्यात्मिक केन्द स्थापनाका लागि बहृत् योजनाका साथ नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा ऐतिहासिक गीताज्ञान महानुष्ठान हुने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गीताज्ञान महानुष्ठान आयोजकले यस्तो जानकारी गराएको हो । उक्त गीताज्ञान महानुष्ठानबाट संकलित दातव्ययबाट निर्माणधिन […]

निर्णय नसच्याए समाज कल्याण परिषदविरुद्ध आन्दोलन गर्ने हरित कृषि सहकारी संस्था लिमिटेडको चेतावनी

काठमाडौं, १५ बैशाख । हरित कृषि सहकारी संस्था लिमिटेडले समाज कल्याण परिषदले आफूहरुसँग गरेको करार सम्झौता खारेजी गरेको भन्दै उक्त खारेजी तत्काल सच्याउन माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सहकारीले यस्तो माग गरेको हो । सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालले हरित कृषि सहकारीको योजना र यसको उपादेयताको बारेमा प्रकाश पारेका […]

प्राधिकरणको कार्यकालभित्रै पूनर्निर्माणका सबै काम सम्पन्न हुन्छ : पूर्व सिईओ भुषाल

काठमाडौं, १२ बैशाख । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका पूर्व सिईओ युवराज भुषालले प्राधिकरणको कार्यकालभित्रै पूनर्निर्माणका सबै काम सम्पन्न हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले चौथो भुकम्प स्मृति दिवसका अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै भुषालले यस्तो बताएका हुन् । उनले भने,‘प्राधिकरणले लक्ष्यअनुसार काम गरिरहेको छ । अध्यादेश आउँदा प्राधिकरण राम्रो संस्था थियो । […]