समाचार

बिना टेण्डर र बिना बिल भरपाई खुल्लामञ्चमा सयौं सटर निर्माण, करोडौं घोटाला भएको राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघको आरोप

काठमाडौँ, ३ बैशाख । राजधानीको मुटु भनेर चिनिने खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले कडा आपत्ति जनाएको छ । मंगलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे संघले पुरानो बसपार्कमा निर्माणाधिन ‘भ्यु–टावर’ सम्पन्न नहुँञ्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कको रुपमा प्रयोग […]

धर्मनिरपेक्षता हाम्रो माग थिएन, को बाट र कहाँबाट आयो ? :शर्मा

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तब्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिएका छन्् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता शर्माले मुलुकमा कसरी समृद्धि हाँसिल गर्न सकिन्छ र अबको राजनीतिक कार्यदिशाबारे गम्भिर […]

मानव जीवनमा सबैभन्दा ठूलो र महत्वपूर्ण धन भनेको चरित्र हो: मुल भट्ट रावल गणेश भट्ट

काठमाडौं, ३० चैत । श्री पशुपतिनाथ मन्दिरका मुल भट्ट रावल गणेश भट्टले असत्यमाथि सत्यको विजय मान्दै कलियुगमा मानवका बल र बुद्धि दुवै मन्द हुँदै जाने र त्यसैले भगवान श्रीरामको चरित्रबाट धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनमा श्रीरामको आर्दश सिकेर जन्म र मरणको क्षणमा समेत स्मरण गर्ने नाम नै श्रीराम भएको उल्लेख गरेका छन्् । शनिबार विश्व […]

बिधुत प्राधिकरण नाफामा , कुलमान ले गरे कमाल , लोडसेडिङ पनि अन्त्य

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४–७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदन अनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२–७३ मा जगेडा तथा संचित […]

रक्त क्यान्सर पीडित पाँच वर्षीय बालिकाको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना

काठमाडौं, २९ चैत । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भईसकेको […]

इन्टरनेट सेवा प्रदायक संस्थाहरु आन्दोलनमा

काठमाडौं; टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई विनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन। उनीहरुले शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल दूर संचार प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका छन। नियम, कानुन विपरित संचार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय […]

बैशाख १ गतेबाट सुरु हुने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा

काठमाडौं,२८ चैत्र । आगामी बैशाख १ गतेदेखि बैशाख ४ गतेसम्म मनाउने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे टोखा विस्केट जात्रा मुल व्यवस्थापन समितिले बैशाख १ गतेबाट बैशाख ४ गतेसम्म चल्ने जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । जात्राको बारेमा प्रचार–प्रसार गर्न आयोजित […]

पशु व्यवसायमा सरकारी अवरोध नहटाए आमरण अनशन बस्ने नेपाल पशुपंक्षीजन्य व्यवसायी संघको चेतावनी

काठमाडौं, २८ चैत । नेपाल पशुपंक्षीजन्य व्यवसायी संघले २०७५ साल फागुन ३ गतेसम्म जे-जसरी आफूहरुले राँगा र भैंसीहरु ल्याएका हो त्यसैगरि ल्याउन पाउनुपर्ने माग गरेको छ । सरकारले आफूहरुको व्यवसायमा अवरोध नहटाए आमरण अनशनसम्म बस्ने संघले चेतावनी दिएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो । ऐन तथा […]

ओलीको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालत द्वारा खारेज

विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओलीको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालत ले  बुधबार अदालतका न्यायधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले खारेज गरेको छ । उनलाई साधारण तारेखमा छाड्नुपर्ने मागसहित ओलीकी छोरी विपनाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । ललितपुर जिल्ला अदालतले उनलाई थप अनुसन्धानका लागि दुईपटक म्याद थपका लागि समय दिइसकेको छ । ओली पुर्पक्षका लागि थुनामै रहनेछन् । […]

पर्यटन क्षेत्रको विकास गरेर १० लाख नेपालीलाई रोजगारी दिन सकिने ;प्रधानमन्त्री -ओली

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित ‘नेपाल भ्रमण वर्ष, २०२०’ मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले पर्यटन क्षेत्रको विकास गरेर १० लाख नेपालीलाई रोजगारी दिन सकिने बताएका हुन । नेपाल भ्रमण वर्ष सम्पन्न भएपछि १० लाखले रोजगार पाउन सक्ने भन्दै यसलाई सफल बनाउनुपर्नेमा जोड दियका छन । पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने गरी […]