स्वास्थ्य

युवामा बिदेश क्रेज : डीएनए परीक्षण गर्नेको संख्या बढ्दै

काठमाडौ । विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डीएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले कतिपय देशले आमाबाबु र सन्तानको नाता खुल्ने अरु […]

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

काठमाडौं, २६ जेठ । सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउँदै लैजाने प्रतिवद्धता दोहेर्याइरहँदा सरकारी सेवामा पाँच बर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पइएको छ । स्वास्थ मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला बर्षका तुलनामा डाक्टरको संख्या घटेको हो । सरकारले अघिल्लो सता सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रथम ८ महिनामा स्वास्थ्यमा २ हजार ४ जना चिकित्सक कार्यरत छन् […]

भक्तपुर अस्पतालमा हाई केयर युनिट संचालन तयारी

भक्तपुर । भक्तपुर अस्पतालमा हाई केयर युनिट  संचालनमा आउने भएको छ। अस्पतालमा आइसियु संचालन गर्ने कि एचसीयु भन्ने लामो मन्थनपछि अन्ततः आगामी असार १७ गतेदेखि एचसीयु संचालनमा ल्याउन लागेको हो। अस्पतालको वार्षिकोत्सवको अवसर पारेर एचसीयु संचालन गर्ने तयारी थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुधा देवकोटाले जानकारी दिइन्। यसअघि अस्पतालले आइसीयु संचालन गर्ने भन्दै तीन वर्षअघि […]

मिगौला तस्करीमा सरकारी उदासीनता  

कमल न्यौपाने । काठमाडौ । पछिल्लो समय नेपालमा मिगौला तस्करहरुको सक्रिया बढेको पाइएको छ । प्रहरीले मिर्गौला तस्करी हुन थालेको २० वर्षपछि संलग्न गिरोहलाई समेत पक्राउ गरी कारबाही थाले पनि तस्करी भने अझै रोकिएको छैन् । मिगौला बेच्नेमा परिवारकै जालो समेत भेटिएको छ । एउटाले बेचेर आएपछि उसैल परिवारका अन्य सदस्यलाई बेच्न उक्साएको देखिन्छ । […]

संघद्धारा दैलेखमा नि : शुल्क स्वास्थ्य परिक्षण शिविर

 कुमार प्याकुरेल । दैलेख । ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिला बालबालिका र सर्वसाधारण , जो राज्यको स्वास्थ्य सेवाबाट समेत बन्चित भएका सर्वसाधारण लाई लक्षितगरि दैलेख सदरमुकाममा एक दिने बिशेषज्ञ निशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको छ । नेपाल प्रहरी श्रीमती सघ केन्द्रिय कार्यालय र आसरा सुधार केन्द्रको सयुक्त आयोजनामा उक्त शिबिर सन्चालन हुन लागेको जिल्ला […]

टाउकोमा मात्र हैन पेटमा पनि हुन्छ माइग्रेन

एजेन्सी । विशेष गरेर माइग्रेन भन्ने बित्तिकै टाउको दुख्ने भन्ने बुझिन्छ । तर पछिल्ले समयमा एक अध्ययनले माइग्रेनका कारण टाउको समेत दुख्ने बताएको छ । अधिक मात्रामा पेट दुख्नु, बटारिनु, थकान महसुस हुनु,बान्ता आउनु पेटमा हुने माइग्रेनको लक्षण हो । पेटमा हुने माइग्रेनलाई एब्डोमिनल माइग्रेन भनिन्छ । सामानतया यसले साना तथा ठूला जुनसुकै उमेरका मानिसलाई […]

भेरीमा थापा भरतपुरमा खड्का मेसु नियुक्त

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पताल र भेरी अञ्चल अस्पतालको मेसु परिवर्तन गरेको छ । भरतपुर अस्पतालमा डा रवीन खड्कालाई मेसु बनाइएको छ भने भेरी अञ्चल अस्पतालमा डा प्रकाश थापालार्इ मेसुको जिम्मेवारी दिइएको छ ।  खड्का मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत थिए भने अर्थोपेडिक्स डा थापा भेरी अञ्चल अस्पतालमै कार्यरत थिए ।

मिगौला चोरी प्रकरण : एक पक्राउ, तीनजना फरार

भक्तपुर । मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ। प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए। गत वैशाख १० गते भक्तपुरस्थित […]

उपत्यकामा रगत अभाव

काठमाडौ । काठमाडौं उपत्यकामा रगत अभाव देखिएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।मागको तुलनामा अत्यन्तै न्युन परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्रसञ्चार केन्द्रले जनाएको छ । सामान्यतया दसै तिहारजस्ता चाडमा लगातार धेरै दिन विदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो । पछिल्ला दिनमा […]

बाँकेका एम्बुलेन्समा पनि सिन्डिकेट

नेपालगञ्ज । बाँकेमा संचालित एम्बुलेन्सहरु विरामीको सेवामा भन्दा पनि गलत तरिकाले आर्जन गर्न प्रयोग भईरहेको पाईएको छ । भेरी अंचल अस्पताल, नेपालगन्ज मेडिकल कलेज लगायतका ठूला शिक्षण संस्थामा उपचार हुन नसकेका र नगरिएका विरामीहरुलाई एम्बुलेन्स चालकहरुले भारतको लखनउस्थित विभिन्न अस्पतालहरुमा ‘विक्री’ गर्ने गरेका छन् । अर्थात लखनउका अस्पतालहरुले उपलब्ध गराउने कमिसनको चक्करमा यहाँका एम्बुलेन्स चालकहरुले […]