मनोरञ्जन

ओजस्वी, सन्ध्या र शुभेच्छाले चुमे ताज

काठमाडौं– ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ को उपाधि ओजस्वी राज थापा र सन्ध्या अर्यालले जितेका छन् । ब्राइटफ्युचर स्कुल नैकापमा अध्यायनरत थापाले मिष्टर पपुलर र भियुर च्वाइस अवार्डसहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्ययनरत अर्याले बेष्ट स्पिच र युट्युव च्वाइसहित छात्रा तर्फको शीर्ष उपाधि हात पारेका हुन् । मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा […]

असार १५ मा एक्लै ‘ए..सोल्टिनी

काठमाडौं । केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ए सोल्टिनी फिल्मको प्रदर्शन मिति तय भएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो फिल्म असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, […]

‘ब्यूटी हेरिटेज’ को अभिनेतादेखि पूर्वमन्त्रीसम्मले गरे उद्घाटन 

रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाले ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा ल्याएकी छन् । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरे । यसमा महिलाका लागि हेयर स्टाइलसँगै बुटिकको सुविधा उपलब्ध छ । सञ्चालिका नीताले आफू बाल्यकालदेखि नै […]

भिडियो अभिनय र निर्देशन एकसाथ

काठमाडौं । नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै निर्देशकका रुपमा पनि उदाएकी छन् । केही समय अघि गायक मुरारी गुरागाईको एक गीतको म्युजिक भिडियो निर्देशन गरेर भिडियो निर्देशनमा डेब्यु गरेकी मरिष्काले नयाँ भिडियो पनि निर्देशन गरेकी छन् । गीतकार होम न्यौपानेको […]

‘चि मुसी चि’को शिर्ष गीत रिलिज, नम्रता भन्दैछिन् ‘चि मुसी चि’

काठमाण्डौ। श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र ‘चि मुसी चि’को शिर्ष गीत रिलिज गरिएको छ । मंगलवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो । सन्तोष पोखरेलका शब्द र करणराज कार्की संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाले आकर्षक नृत्य गरेका छन् । भिडियोमा प्रमूख कलाकारहरु सुनिल […]

‘उपरदाङ्ग गढी’मा ‘नालापानी’ छायांकन

काठमाडाै । नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले ‘नालापानी’ यूनिट चितवनको ऐतिहासिक स्थान ‘उपरदाङ्ग गढी’मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । ‘उपरदाङ्ग गढी’को छायांकन सकिँदा चलचित्रको नब्बे प्रतिशत छायांकन सकिने र बाँकी दश प्रतिशत छायांकन राजधानीमा हुने बताइएको […]

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन् । वाग्लेसँगै सुदीप घिसिङ र महेन्द्र बोगटीलाई जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको छ । प्रहरीले गत जेठमा ६ जनालाई दुई करोड ५० लाख नक्कली नोटसहित पक्राउ गरेको थियो । यस्तै, सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी […]

कलाकार भीम बहादुर थापाको बुधबार मध्यान्न नै पशुपति आर्यघाटमा अन्त्येष्टी

बुधबार बिहान २ बजे निधन भएका  बरिष्ठ कलाकार भीम बहादुर थापाको बुधबार मध्यान्न नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । ९२ वर्षीया थापाको पार्थीब शरीरलाई उनकी छोरीले दागबत्ती दिएकी थिइन् । उनको अन्त्येष्टीमा नेपाली सेनाको एक टुकडी सेनाले सलामी दिएको थियो ।   अन्येष्टी अघि उनको शवलाई पशुपति आर्यघाट परिसरमै अन्तिम  श्रद्धाञ्जलीका लागि राखिएको थियो […]

मिष्टर एण्ड मिस नेपाल एसइइ आइकनले देखाए ट्यालेन्ट

काठमाडाै । एएनपी मिडिया हाउसद्वारा एसइई दिएर बसेका किशोर किशोरीका बिच राजधानीमा आयोजित मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन २०१८ प्रतियोगितामा शैनिक आवाशिय महाविद्यालय, सल्लाघारी, भक्तपुरका उज्वलविक्रम शाही मिष्टर एसइइ २०१८ भएका छन्। ललितपुर भैसेपाटीका उज्वल मष्ट पपुलर, मिष्टर क्याटवाक र मष्ट डिर्जभिङ पनि भएका छन्। त्यसै गरी शैनिक आवाशिय महाविद्यालयकै अस्मीना केसी मिस एसइई […]

क्रिएसनका पहिरनहरुको फेसन शो 

 काठमाडौं– द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले अन्नपूर्ण होटलमा ‘फेसन नोभा २०१८ ः सिजन–७’ शीर्षकको फेसन शो आयोजना गरेको छ । फेसन डिजाइन क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्नका लागि द क्रिएसनले यो फेसन शो आयोजना गरेको संस्थाकी अध्यक्ष मनिता थापाले बताएकी छिन् । फेसन शोमा डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता […]