अर्थ

कुवेतसँग श्रम सम्झौता गर्ने तयारी, कुवेतीमन्त्री नेपाल आउँदै

काठमाडौं । नेपाल र कुवेतबीच श्रम सम्झौता हुने भएको छ । नेपाल सरकारले कुवेतका लागि घरेलु कामदारको श्रम स्वीकृति रोकेपछि सो विषयमा छलफल गर्न कुवेतका श्रममन्त्री नेपाल आउन लागेको श्रम मन्त्रालय स्रोतले जनाएको छ । श्रम मन्त्रालयले कुवेती मन्त्री सेप्टेम्बरमा नेपाल आउने बताएको छ । तर, उनको नेपाल भ्रमणको मिति भने तय भइसकेको छैन । […]

चिनिको खुद्रा मुल्य ७० रुपैयाँ तोकियो

६५ रुपैयामा पाइदै आएको चिनी केही दिनदेखी ८० रुपैयाँदेखी ९० रुपैयाँसम्म बेच्न थालेपछि सरकारले खुद्रा बिक्री मुल्य ७० रुपैयाँ तोकेको हो । तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने सरकारले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको छ। सरकारले आयातमा परिमाणात्मक […]

यसरी जानु होस् अब जापान काम गर्न

जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् । कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार जापान सरकार र नेपाल सरकारबीच सम्झौता गरेर सरकारी […]

इन्धन उपलब्ध गराउन आग्रह

काठमाडाँै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो । निगमका अनुसार मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर पेट्रोल उपलब्ध हुनेछ । हलुका सवारीसधान, कार […]

टेलिकमको प्याकमा नयाँ अफर, वाइम्याक्स भयो थप आकर्षक

काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम […]

असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ

काठमाडौं । दशैं मनाउन काठमाडौंबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो […]

निर्माण ब्यवसायलाई सम्मानीत ब्यवसायीक पेशा बनाउन महासचिवमा मेरो उम्मेदवारी : दिपक गौतम

काठमाडौं, ३१ भदौ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक गौतमले संघको आशन्न ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गौतमले ‘समृद्ध नेपाल, सुखि नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत्त अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसकोलागि आफ्नो उम्मेदारी रहेको स्पष्ट […]

काठमाडौ पटना बोधगया सिधायातायात सुचारू

काठमाडौं । राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ । बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जु श्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार माननिय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा […]

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित […]

महानगरपालिकाद्धारा दुग्ध उत्पादनमा अनुदान

चितवन । भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ । महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध […]