कर्पोरेट

नेपाल आइकाओकोबाट हट्यो, युरोपियनको कालो सूची कायमै

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओको) कालो सूचीबाट नेपाल हटेको छ। संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराएका हुन्। समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी दिँदै उनले नेपालले आइकाओको उडान सुरक्षामापदण्ड पुरा गरेको प्रमाणपत्र पनि प्राप्त गरिसकेको जानकारी दिए। सन् २०१३ मा आइकाओले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै […]

गर्मीसँगै बढ्यो पङ्खाको माग

काठमाडौं । गर्मी बढेसँगै विद्युतीय पङ्खाको माग बढेको छ । लोडशेडिङ हटेसँगै विधुतीय पङ्खाको बजार पनि बढ्दै गएको सम्बद्ध व्यवसायीहरू बताँउछन् । पछिल्ला २ वर्षमा यसको बजार दोब्बरले बढेको उनीहरूको भनाइ छ । विधुतीय पङ्खामध्ये अहिले सबैभन्दा बढी सिलिङ फ्यानको माग छ । नेपालमा खपत हुने पङ्खाको कुल सङ्ख्यामध्ये झण्डै ३५ प्रतिशत हिस्सा सिलिङ फ्यानको […]

साझा यातायातको सेवा विस्तार, नयाँ ३ रुट थपिए

काठमाडौ । साझा यातायातले आइतबारदेखि आफ्नो सेवा विस्तार गर्ने भएको छ। उपत्यका र बाहिरसमेत सेवा दिँदै आएको साझा यातायातले उपत्यकामा थप तीन रूटमा सेवा विस्तार गर्न लागेको हो। थानकोटदेखि रत्नपार्कहुँदै लगनखेल, गोदावारीदेखि लगनखेलहुँदै रत्नपार्क र लामाटारदेखि लगनखेलहुँदै रत्नपार्कसम्म सेवा विस्तार गर्न लागेको साझा यातायातका सिइओ महेन्द्र राज पाण्डेले जानकारी दिए। यसअघिनै साझाले बुङ्गमतिदेखि जावलाखेलहुँदै रत्नपार्कसम्म सेवा […]

निगम थलिँदै, महाप्रवन्धक मन्त्रीको निगरानीमा

काठमाडौं । व्यवस्थापकीय कमजोरी र आर्थिक अनियमितताले ग्रसित नेपाल वायु सेवा निगमको व्यवस्थापन आफूसँग भएका नयाँ जहाज पनि उडाउन नसक्ने गरी थलिएको छ । निगमले लामो समयदेखि त्रिभुवन विमानस्थलको शोभामात्र भएर बसेका चीनबाट ल्याइएका जहाजहरु संचालन गर्न खोजेको पाइलटलाई भाषा र सर्टिफिकेशनको विषयलाई लिएर नेपालको नागरिक उड्डयन प्राधिकरणले अस्वीकृत गरिदिएको छ। सरकारले २०७० मंसिरमा चीन सरकारसँग […]

विद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गर्ने समझदारी

काठमाडौं । काभ्रेको खोपासीमा रहेको २ दशमलव ४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं […]