Breaking News

मुक्तकमैया र हलिया सबैलाई यसै वर्ष पुन:स्थापना गरिने

काठमाडौँ। सरकारले यसै आर्थिक वर्षमा मुक्तकमैया र हलियाको पुनःस्थापनाको काम सकिने भएको छ। मुक्तकमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरुको पुनःस्थापना हुन सकेका थिएन। पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि पुनःस्थापना हुन सकेको थिएन। चालु आर्थिक वर्षमा सरकारले पुनःस्थापना हुन नसकेका मुक्तकमैया र हलियालाई पुनःस्थापना गर्ने गरी बजेट विनियोजन गरेका […]

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, केहि दिन अस्पतालमै राखिने

काठमाडौं । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । ओली सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना भएका थिए । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ। प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने […]

मलेसिया र नेपालबीच श्रम समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। मलेसिया र नेपाल सरकारबीच द्विपक्षीय कामदार भर्ना, रोजगार र फिर्ता सम्बन्धी समक्षदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ। श्रम समक्षदारी पत्रमा नेपालका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेशियाका मानवसंसाधन मन्त्री एम कुलासेगरनले हस्ताक्षर गरेका थिए। समझदारी पत्र अनुरुप नेपाली कामदार मलेशिया जाँदा लाग्ने सेवा शुल्क लगायत आतेजाते हवाई टिकट, भिसा […]

राष्ट्रपति भण्डारी दोहामा

कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा आज दोहा आइपुगेकी छन्।राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमी र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले स्वागत गरेका थिए। मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि […]

एक्लै रोहित शर्माले पराजित गरे वेष्टइन्डिजलाई

एजेन्सी। भारत भ्रमणमा रहेको वेष्टइण्डिजले चौथो एक दिवसीय क्रिकेट खेलमा भारतका ओपनर रोहित शर्माले बनाएको रन जति पनि बनाउन सकेन । टस जितेर पहिला ब्याटिंग गरेको भारतले रोहितको १६२ रनको सहयोगमा ३७७ रनको विशाल स्कोर बनाएको थियो । वेष्टइण्डिज १५३ रन अलआउट हुँदा रोहितले बनाएको रनभन्दा ९ रन पछि रह्यो । वेष्टइन्डिजले यो खेल २२४ […]

खुकुलो मौद्रिक नीतिबाट मात्रै आर्थिक वृद्धिलाई सहयोग पुग्दैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “परिमाणात्मक रूपमा खुकुलो बनाइएको मौद्रिक नीतिले मात्र भन्दा पनि उत्पादनसँग जोडिएको कर्जा नीतिले अस्थिर वित्तीय स्थितिबीच पनि आर्थिक वृद्धिका लागि सहयोग प¥ुयाउन सकिन्छ ।” इण्डोनेशियाको बालीमा भइरहेको विश्व […]

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका एक जनाको […]

बाँस्तोलको निधन : पार्टी कार्यालयमा श्रद्धाञ्जली दिएर आजै अन्त्येष्टि गरिने

काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ । शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बाँस्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बाँस्तोलाको पार्थिव शरीरलाई अहिले उनको खुमलटारस्थित निवासमा राखिएको छ । मुख्यसचिव पौडेलका अनुसार, बाँस्तोलाको शव अपरान्ह १ः३०–४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि […]

काँग्रेस नेता बाँस्तोलाको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार अबेर ९ बजेर २० मिनेटमा बाँस्तोलको निधन भएको सामाजिक सञ्जालमाफर्त जानकारी दिएका छन् । शनिबार दिउँसै उनको मृत्यु भएको भन्ने हल्ला चलेको थियो । न्युरो अस्पतालमा उनको अवस्था नाजुक बनेपछि शनिबारै दिउँसो उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो । […]

समाधान हुँदै क्रिकेट संघको विवाद, मुद्दा फिर्ता लिने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने तयारी गरेको छ । क्यान विवाद समाधानका लागि सो सर्वोच्चमा परेको मुद्दा फिर्ता लिने तयारी गरेको निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले शनिबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । सो मुद्दाका विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले चासो […]