Breaking News

इजरायलले नेपाली कामदारको कोटा बढाउने

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारको राम्रो गन्तव्य मानिएको इजरायलमा नेपाली कामदारको रोजगारी प्रदान गर्न इजरायल सरकार सकारात्मक भएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र इजरायलका राजदूत बेन्नी अमेरसँगको भेटमा नेपाली कामदारलाई थप […]

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

परासी । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा विगत दुई महिनादेखि बन्धक छन । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा उनलाइ अस्पतालले बन्धक बनाएको छ । गत कात्तिकमा ठेकेदार थगवा चौधरीको ट्र्याक्टरले खेत जोत्दै गर्दा बेलदार ट्र्याक्टरबाट खेसेर ट्र्याक्टरको हलोमुनि परी गम्भीर उनी घाइते भएका हुन । घाइते भएका उनलाई जेनस अस्पताल […]

टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षका छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । बिहान करीब ८ बजे गौशालाबाट सम्सी जाँदै गरेको ना७ख ६४२७ नंको ट्रिपरले सम्सी […]

तस्कर र प्रहरीबीच गोली हानाहान, एकको मृत्यु

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति साढे १२ बजे दोहोरो फायरिङको क्रममा प्रहरीको गोली लागेर एकको मृत्यु भएको छ । मृतकको पहिचान भने खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सादा पोसाकमा खटिएका प्रहरीले तस्करलाई नियन्त्रणमा […]

राष्ट्रिय पुस्तक नीति बनाउन पहल गर्छु– अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताएका छन् । पुस्तक प्रकाशन, छपाइ, वितरण तथा अध्ययनका लागि समेत एउटा फराकिलो सोचसहितको नीति जरुरी रहेको भन्दै प्रचण्डले त्यसका लागि राज्यले नै विशेष पहल गर्नुपर्ने बताए । ‘विगतमा […]

अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा छ, सबैले यसबारेमा सोच्नुपर्ने बेला आयो’ ः अध्यक्ष मैनाली

काठमाडौँ, २७ । साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्धारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ । ब्यूरो ८१ नेपालले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको कार्यक्रममा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका संघर्ष र उनको जीवनीमा आधारित भएर लेखिएको उक्त उपन्यासको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरेका हुन् । अध्यक्ष मैनालीले २०६३ […]

प्राईम टाईम्स टेलिभिजन सुदुरपश्चिम ब्युरो प्रमुख भट्टलाई ज्यान मार्ने धम्की, भट्टद्धारा सुरक्षाको माग

काठमाडौं, २६ पुस । प्राईम टाईम्स टेलिभिजनका सुदुरपश्चिम प्रदेश ब्युरो प्रमुख सुमन भट्टले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा उनले पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक एवम् पुर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास प्रधानले सामाजिक सञ्जाल फेशबुकमार्फत ज्यान मार्ने धम्की दिएको बताउँदै यस्तो […]

बम्जनलाई पक्राउ नगरेकोमा सांसदको आपत्ति

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो । सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सञ्चारमाध्यममा […]

वाईडबडी खरिदमा ठूलो घोटाला भएको छ ः मन्त्री, र सचिवलाई तत्काल बर्खास्त गरेर जेल हाल्नुपर्छ ः छानबिन समितिका सदस्य यादव

काठमाडौं, १९ पुस । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद […]

वैज्ञानिक ट्याक्सी भाडादर कायम गर्न सरकारसँग माग

काठमाडौं, १५ पुस । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राज्य, उपभोत्ता र ट्याक्सी चालकहरुबीचमा देखिएको द्धन्द्धलाई न्युनिकरण गर्नको लागि उक्त साझा पहलको सुरुवात गरेको जानकारी दिएको छ । अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष राजेन्द्र […]