Breaking News

सह–सचिव लामिछानेले शक्तिको आडमा ज्यान मार्न खोजेको भन्दै ढकाल परिवार रुँदै मिडियामा आए

काठमाडौँ, १४ फागुन । तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले आफुलाई पद र शक्तिको आडमा पटक–पटक दुःख दिँदै आएको गुनासो पोखे । […]

राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो : प्रा.डा. ढुंगेल

काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘राजनीतिक स्थायित्व भएको, कम्युनिष्ट एकता […]

नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने हिन्दु परिषद नेपालको घोषणा

काठमाडौं, ५ फागुन । हिन्दु परिषद नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आईतवार रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले यस्तो घोषणा गरेको हो । कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले कुनैैपनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउन नपाईनेमा जोड दिएका छन् । उनले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्टियन धर्मको विरोधी […]

दलाल पुँजीबादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी भएको राष्ट्रिय उद्योग बाणिज्य महासंघको आरोप

काठमाडौं, २५ माघ । राष्ट्रिय उद्योग बाणिज्य महासंघले यही माघ १५ गते चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनमा तय गरेका निती तथा कार्यक्रमहरुलाई आज सार्वजनिक गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतले नेपालमा औद्योगिक विकासको पर्याप्त संभावना हुँदाहुदै पनि देशमा दलाल पुँजीबादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी […]

हामी माथि सरकारले हैकम जमाउन खोजे ओली र प्रचण्डलाई हत्कडी लगाउँछौं’

काठमाडौं, १८ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)ले आफ्ना संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकलाई अविलम्ब रिहाई गर्न सरकारसंग माग गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे संगठनले माघ १७ गते (हिजो) साँझ विराटनगरबाट काठमाडौँ फकिने व्रmममा पक्राउ परेका विश्वकर्मालाई बिना सर्त तुरुन्त सकुशल रिहाईको माग गरेको हो । पत्रकार […]

देशभरिबाट पराजय भोग्ने डरले नेविसंघ स्ववियु निर्वाचनबाट भाग्न खोज्यो :: अध्यक्ष तामाङ

काठमाडौं, १५ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । उनले भने,‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस् ।’ […]

बम दिदिबहिनीले भनें :: ‘हामी निर्दोष छौ, दोषी प्रमाणित गरे जेल जान तयार छौं’

काठमाडौं, १४ माघ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूलाई मानव अधिकारकर्मी भन्नेहरुले चरित्र हत्या गर्नेगरि स्थलगत अध्ययन […]

नेपाल–भारतजस्तो प्रगाढ सम्बन्ध, विश्वको कुनैपनि दुई देशबीच छैन् ::भारतीय राजदुत पुरी

काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भने,‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो । द्धिपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो ।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष […]

गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो :: मिन विश्वकर्मा

काठमाडौं, ९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने जनाए । उनले भने,‘माघ […]