समाज

आयोगको विज्ञापन तालिका फेरबदल गर्दैनौं, मंसिरपछि भर्ना खोल्छौं ः अध्यक्ष मैनाली

‘ काठमाडौ ! लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन् । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष मैनालीले ईतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने […]

१९ नेपाली साउदीको सडकमै अलपत्र

काठमाडौं। वैदेशिक रोजगारको लागि अक्सफोर्ड इन्टरनेशनल प्रालि म्यानपावरमार्फत साउदी पुगेका १९ जना नेपाली कामदार साउदीमा दुई महिनादेखि अलपत्र परेका छन्। अलपत्र पर्नेमा काभ्रे गोठपानीका ५ जना, मकवानपुर हेटौंडाका एक र नाम ठेगाना नखुेका १३ जना नेपाली कामदार रहेका छन्। वैदेशिक रोजगार विभागमा साउदीमा अलपत्र पर्ने १९ जना मध्ये ६ जनाका आफन्त म्यानपावर कम्पनी विरुद्ध उजुरीका […]

सभापतिलाई धरै अधिकार भन्ने हल्लामात्र हो : महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने,‘ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ। छोटो अवधिमा नै जनता सरकारसँग […]

बालीनाली सखाप पार्न थालेपछि २ सय बाँदर नियन्त्रणमा

पर्वत । बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ। दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना अघि सारेको गाउँपालिकाले हालसम्म ६ वटै वडाबाट गरी तीन महीनामा २२० बाँदर नियन्त्रणमा लिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए। दोस्रो गाउँसभाले बाँदर नियन्त्रणको सङ्कल्प प्रस्तावसहित रु […]

काँग्रेस नेता बाँस्तोलाको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार अबेर ९ बजेर २० मिनेटमा बाँस्तोलको निधन भएको सामाजिक सञ्जालमाफर्त जानकारी दिएका छन् । शनिबार दिउँसै उनको मृत्यु भएको भन्ने हल्ला चलेको थियो । न्युरो अस्पतालमा उनको अवस्था नाजुक बनेपछि शनिबारै दिउँसो उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो । […]

चार महिनादेखि तलब नपाएपछि शिक्षकहरु आन्दोलित

मोरङ । चार महिनायता तलब नपाएको भन्दै काजमा खटिएका शिक्षकहरु आन्दोलित भएका छन् । दशैको मुखमा समेत साउन महिनादेखि तलब नपाएको भन्दै विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षक आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका शिक्षकहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नेपाल शिक्षक महासंघसहित […]

पप्पु कस्न्ट्रक्सनका अध्यक्षसहित १२ विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा संलग्न सबै प्राविधिक कर्मचारीबाट ‘लाइन लेभल’ तथा […]

पत्रकार आचार्यको ‘उपहार’ कथासंग्रह लोकार्पण

काठमाडौँ । पत्रकार तथा साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित ‘उपहार’ कथासङ्ग्रह आज लोकार्पण गरिएको छ । आचार्य चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा कार्यरत हुनुहुन्छ । प्रथम पुरुष शैलीमा लेखिएको कथासङ्ग्रहमा ग्रामीण इलाकामा बोलिने भाषाशैली प्रयोग भएको छ । ग्रामीण इलाकाका मानिसको वास्तविक घटनाक्रमलाई कथाको माध्यमबाट उजागर गर्ने प्रयास गरिएको छ । आठ कथा रहेको कृतिमा नेपाली साहित्य, पत्रकारिता […]

दुई जना भारतीय नागरिक पक्राउ

बुटवल । भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवैध सामानसहित प्रहरीले आज दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत झजर जिल्ला अग्रवाल कलोनी–७ का ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अंकित गोयल रहेका छन् । राजश्व भन्सार सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा चेकजाँच गर्ने […]