मुख्य समाचार

काठमाण्डौमा वडा अध्यक्षको दादागिरी

बिश्वोदिप काठमाण्डौ ७ । स्थानिय निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित कामनपा वडा नं २९ का कुश ढकाल वडा बासीहरुको समस्यालाई भन्दा आफु अनुकुल निर्णय गर्दै मदिरा सेवन गरी कार्यालयमै सेवाग्राहरुहरुलाई गालीगलौज गर्दै आफु यस वडाको राजा भएको र यस वडामा मेरो अधिकार चल्ने भन्दै मनपरी गरिरहेका छन । अनामनगर स्थीत बिगमार्ट अगाडी रहेको ३ आना जग्गामा […]

मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए सशक्त आन्दोलन गर्छौं : केसी

काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभुत सिद्धान्तमा सम्झौता […]

काठमाडौं मल घोटाला काण्ड : सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’

काठमाडौं, २ जेठ । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज […]

मिडिया काउन्सिल विद्येयक पारित भए नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने नेपाल मानव अधिकार संगठनको दाबी

काठमाडौं, २ जेठ । नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धी विद्येयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने दाबी गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले यस्तो दाबी गरेको हो । संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको प्रस्तावनाको पाँचौ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुत छ । संविधानको […]

गलत रगत चढाएर निधन भएकी बालिकाका बुवा भन्छन् :‘न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिन मान्दैन्’

काठमाडौं, १ जेठ । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो […]

प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण फलदायी हुन्छ, द्धिपक्षीय सम्भावनाको खोजी हुन्छ :सल्लाहकार डा. भट्टराई

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यही बैशाख २६ गतेदेखि जेठ १ गतेसम्म हुने प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्धिपक्षीय सम्भावनाको खोजी गर्नमा […]

श्री ५ विद्यादेवी भण्डारीको सरकारको जनता हुन पाएकोमा धन्यवाद : रामहरि खतिवडा

काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवम् पूर्व मन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन् । सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पूर्व मन्त्री तामाङले यस्तो बताएका हुन् । नेपालको राष्ट्रिय झण्डा विश्वसामू […]

ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थाले : विश्वकर्मा

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता […]

ललिता निवासको साँढे चार सय कित्ता जग्गा रोक्का गर्यौं, विष्णु पौडेलको छोराले किनेको जग्गा वैधानिक छ : मन्त्री अर्याल

काठमाडौं, १४ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं […]

प्राधिकरणको कार्यकालभित्रै पूनर्निर्माणका सबै काम सम्पन्न हुन्छ : पूर्व सिईओ भुषाल

काठमाडौं, १२ बैशाख । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका पूर्व सिईओ युवराज भुषालले प्राधिकरणको कार्यकालभित्रै पूनर्निर्माणका सबै काम सम्पन्न हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले चौथो भुकम्प स्मृति दिवसका अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै भुषालले यस्तो बताएका हुन् । उनले भने,‘प्राधिकरणले लक्ष्यअनुसार काम गरिरहेको छ । अध्यादेश आउँदा प्राधिकरण राम्रो संस्था थियो । […]