चेक र नगदसहित चार जुवाडे समातिए – EsancharPati
चेक र नगदसहित   चार जुवाडे समातिए

चेक र नगदसहित चार जुवाडे समातिए

सोलुखुम्बु । इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले पहिलो पटक जुवा खालबाट १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई पक्राउ गरेको छ । सोताङ गाउँपालिका वडा नम्बर-५ शिवटार बजार नजिकै पसलघरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १४ लाख ६५ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा सोताङ गाउँपालिका वडा नम्बर २ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका-७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाख रुपैयाँको चेकसमेत बरामद गरेको छ । पक्राउ परेका चारै जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ पठाइएको छ ।

सोलुखुम्बु जिल्लामा यति ठूलो परिमाणमा जुवा खालबाट रकम बरामद भएको पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares