विश्वभर एकै दिन २ लाख ३४ हजार भन्दा बढीमा कोरोना संक्रमण – EsancharPati
विश्वभर एकै दिन २ लाख ३४ हजार भन्दा बढीमा कोरोना संक्रमण

विश्वभर एकै दिन २ लाख ३४ हजार भन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ९२ हजार ६१४ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ८६ हजार ८४० पुगेको छ ।

हालसम्म ८१ लाख ४८ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ४० हजार १४० जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३६ लाख १६ हजार ७४७ पुगेको छ ।

ब्राजिलमा अहिलेसम्म १९ लाख ७० हजार ९०९ जना संक्रमित हुँदा ७५ हजार ५२३ जनाको मृत्यु भएको छ । भारतमा ९ लाख ७० हजार १६९ संक्रमित हुँदा २४ हजार ९२९ जनाको मृत्यु भएको छ । रुसमा ७ लाख ४६ हजार ३६९ संक्रमित हुँदा ११ हजार ७७० जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ३७ हजार ७२४ जना संक्रमित तथा १२ हजार ४१७ जनाको मृत्यु भएको छ ।

चिलीमा ३ लाख २१ हजार २०५ संक्रमित हुँदा ७ हजार १८६ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ३ लाख १७ हजार ६३५ जना संक्रमित हुँदा ३६ हजार ९०६ को मृत्यु भएको छ । साउथ अफ्रिकामा ३ लाख ११ हजार ४९ जना संक्रमित रहँदा ४ हजार ४५३ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ४ हजार ५७४ पुगेको छ भने २८ हजार ८१३ जनाको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म ४५ हजार ५३ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार ९११ जना संक्रमित रहेका छन् । यता, इरानमा २ लाख ६४ हजार ५६१ जना संक्रमित हँदा १३ हजार ४१० जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ५५ हजार ७६९ संक्रमित हुँदा ५ हजार २८६ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४३ हजार ५०६ पुग्दा ३४ हजार ९९७ जनाको मृत्यु भएको छ ।

साउदी अरबमा २ लाख ४० हजार ४७४ हजार संक्रमित हुँदा २ हजार ३२५ जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख १५ हजार ९४० संक्रमित हुँदा ५ हजार ४१९ को ज्यान गएको छ । जर्मनीमा २ लाख १ हजार ३५२ जना संक्रमित हुँदा ९ हजार १४८ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म १ लाख ९३ हजार ५९० संक्रमित हुँदा २ हजार ४५७ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७३ हजार ३७७ हुँदा ३० हजार १२० जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा १ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६१२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २२ हजार ५०८ जना संक्रमित हुँदा ९८४ जनाको ज्यान गएको छ ।

नेपालमा भने अहिलेसम्म १७ हजार १७७ जना संक्रमति फेला पर्दा ११ हजार २५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३९ जनाको भने मृत्यु भएको छ ।

Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares