गृहमन्त्रीको आडमा नेपाल प्रहरीमा विचौलियाको हाबी

गृहमन्त्रीको आडमा नेपाल प्रहरीमा विचौलियाको हाबी

काठमाडौ । नेपाल प्रहरीमा हुने गरेको सरुवा प्रक्रियामा विचौलियाको चलखेल बढेको पाइएको छ । आईजीपी बढुवामा भएको चरम चलखेलका कारण प्रहरीको कमाण्ड विचौलियाको हातमा पुग्ने खतरा बढेको हो ।

प्रहरी सरुवामा बिचौलियाहरु हाबी भएपछि यस्तो संकेत देखिएको हो । एसपी, एसएसपी र डिआईजीको सरुवामा पुर्ण रुपमा विचौलिया र नेताको आवरणका माफियाहरु हाबी भएका छन् ।

गृहमन्त्रीका निकट माफियाहरु तथा आईजीपी बनाउन सर्वेन्द्र खनाललाई सहयोग गरेका केही विचौलियाहरुले अहिले प्रहरी संगठन चलाउन थालेको आरोप छ ।