अवैध मृगौला प्रत्यारोपण गर्ने चार जना डाक्टर समातिए – EsancharPati
अवैध मृगौला प्रत्यारोपण गर्ने चार जना डाक्टर समातिए

अवैध मृगौला प्रत्यारोपण गर्ने चार जना डाक्टर समातिए

चितवन । चितवन भरतपुर मेडिकल कलेजका चार जना चिकित्सकलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

उनीहरुले नक्कली कागजात बनाएर अवैध तरिकाले मृगौंला प्रत्यारोपण गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्ने डाक्टरहरुमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालोखेती र किरण अधिकारी रहेका छन् ।

ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा कार्यरत एक जनालाई समेत पक्राउ गरेको छ । एक जना नेपालीलाई भारतीय नागरिक बनाएर मृगौला प्रत्यारोपण गरेको काण्डमा उनीहरुको प्रत्यक्ष संलग्नता देखिएपछि ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सवैलाई आज पत्रकार सम्मेलनमार्फत राजधानीमा सार्वजनिक गरिने बताइएको छ ।

Share This
  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares