विदामा पनि बैंक खोल्न केन्द्रीय बैंकको निर्देशन – EsancharPati
विदामा पनि बैंक खोल्न केन्द्रीय बैंकको निर्देशन

विदामा पनि बैंक खोल्न केन्द्रीय बैंकको निर्देशन

कठमाडौं : नेपाल राष्ट्र बैंकले राजस्व (कर) संकलनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा खुला राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक विदा परेमा पनि राजस्व बुझ्ने शाखा कार्यालयहरु खोल्न निर्देशन दिइएको हो । केन्द्रीय बैंकले वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला राख्न भनेको छ ।

सर्वोच्च अदालतले लक डाउन पूर्णरुपमा खुलेको १ महिनाभित्र कर उठाउन भनेको थियो । सोही अनुसार सरकारले लक डाउन असार १ गतेबाटै खुलेको भन्दै व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नु पर्ने बताएको छ । यसैका लागि असार २७ गतेदेखि विदा परे पनि बैंक शाखा खोल्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

Share This
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares