प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त – EsancharPati
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौं ; नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । हाल कायम आइजी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण बुधबार मध्यरातबाट अनिवार्य अवकाश हुँदैछन् ।

२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापाले अब २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् । थापाले आफ्ना प्रतिस्पर्धी हरि पाललाई पछि पार्दै प्रहरीको सर्वोच्च पद हात पारेका हुन् । यसपटक २ जनामात्र प्रतिस्पर्धी थिए ।

Share This
  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares