विश्वभर कोरोना संक्रमणबाट ६५ लाख बढी निको भए – EsancharPati
विश्वभर कोरोना संक्रमणबाट ६५ लाख बढी निको  भए

विश्वभर कोरोना संक्रमणबाट ६५ लाख बढी निको भए

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख ६२ हजार ५५९ पुगेको छ भने मृत्यु हुनेको संख्या पनि ५ लाख ३६ हजार ८३७ पुगेको छ ।

हालसम्म ६५ लाख ३७ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३२ हजार ५६९ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २९ लाख ८२ हजार ९२८ पुगेको छ । ब्राजिलमा हालसम्म १६ लाख ४ हजार ५८५ जना संक्रमित हुँदा ६४ हजार ९०० जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ६ लाख ९७ हजार ८३६ संक्रमित हुँदा १७ हजार ७०० जनाको मृत्यु भएको छ । रुसमा ६ लाख ८१ हजार २५१ संक्रमित हुँदा १० हजार १६१ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख २ हजार ७१८ जना संक्रमित हुँदा १० हजार ५८९ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ९७ हजार ६२५ पुगेको छ भने २८ हजार ३८५ जनाको मृत्यु भएको छ । चिलीमा २ लाख ९५ हजार ५३२ संक्रमित हुँदा ६ हजार ३०८ जनाको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म ४४ हजार २२० जनाको मृत्यु भएको छ भने २ लाख ८५ हजार ४१६ जना संक्रमित रहेका छन् । मेक्सिकोमा २ लाख ५६ हजार ४८४ जना संक्रमित हुँदा ३० हजार ६३९ को मृत्यु भएको छ ।

यता, इटालीमा संक्रमितको संख्या २ लाख ४१ हजार ६११ पुग्दा ३४ हजार ८६१ जनाको मृत्यु भएको छ । इरानमा २ लाख ४० हजार ४३८ जना संक्रमित हँदा ११ हजार ५७१ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा २ लाख ३१ हजार ८१८ संक्रमित हुँदा ४ हजार ७६२ जनाको ज्यान गएको छ । टर्कीमा २ लाख ५ हजार ७५८ संक्रमित हुँदा ५ हजार २२५ को ज्यान गएको छ । जर्मनीमा १ लाख ९७ हजार ५५८ जना संक्रमित हुँदा ९ हजार ८६ जनाको मृत्यु भएको छ ।

साउथ अफ्रिकामा १ लाख ९६ हजार ७५० जना संक्रमित हुँदा ३ हजार १९९ जना को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ६६ हजार ९६० हुँदा २९ हजार ८९३ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म १ लाख ६२ हजार ४१७ संक्रमित हुँदा २ हजार ५२ को मृत्यु भएको छ । चीनमा पछिल्लो २४ घण्टामा ४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ५५७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

जापानमा १९ हजार ५२२ जना संक्रमित हुँदा ९७७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १५ हजार ७८४ जना संक्रमति फेला पर्दा ६ हजार ५४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३४ जनाको भने मृत्यु भएको छ ।

Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares