कोरोना कहर :विश्वभर कोरोना बाट संक्रमित हुनेको संख्या १ करोड २ लाख ४९ हजार बढी ,मृत्यु हुनेको संख्या पनि ५ लाख ४ हजार बढी – EsancharPati
कोरोना कहर :विश्वभर  कोरोना बाट संक्रमित हुनेको संख्या १ करोड २ लाख ४९ हजार बढी ,मृत्यु हुनेको संख्या पनि ५ लाख ४ हजार बढी

कोरोना कहर :विश्वभर कोरोना बाट संक्रमित हुनेको संख्या १ करोड २ लाख ४९ हजार बढी ,मृत्यु हुनेको संख्या पनि ५ लाख ४ हजार बढी

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २ लाख ४९ हजार ३७७ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ४ हजार ४६६ पुगेको छ ।

हालसम्म ५५ लाख ५६ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २८ हजार ४३७ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २६ लाख ३७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजारभन्दा धेरै नयाँ संक्रमित थप भएका हुन् ।

ब्राजिलमा हालसम्म १३ लाख ४५ हजार २५४ जना संक्रमित हुँदा ५७ हजार ६५८ जनाको मृत्यु भएको छ । रुसमा ६ लाख ३४ हजार ७३७ संक्रमित हुँदा ९ हजार ७३ जनाको मृत्यु भएको छ । भारतमा पनि संक्रमणको दर उच्च रुपमा बढीरहेको छ ।

पछिल्लोे २४ घण्टामा मात्रै यहाँ २० हजार नयाँ संक्रमित थप भएका छन् । योसँगै भारतामा हालसम्म ५ लाख ४९ हजार संक्रमित हुँदा १६ हजार ४८७ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४३ हजार ५५० जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार १५१ जना संक्रमित रहेका छन् ।

स्पेनमा संक्रमितको संख्या २ लाख ९५ हजार ८५० पुगेको छ भने २८ हजार ३४३ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख ७९ हजार ४१९ जना संक्रमित हुँदा ९ हजार ३१७ जनाको मृत्यु भएको छ ।

चिलीमा २ लाख ७१ हजार ९८२ संक्रमित हुँदा ५ हजार ५०९ जनाको मृत्यु भएको छ । यता, इटालीमा संक्रमितको संख्या २ लाख ४० हजार ३१० पुग्दा ३४ हजार ७३८ जनाको मृत्यु भएको छ । इरानमा २ लाख २२ हजार ६६९ जना संक्रमित हँदा १० हजार ५०८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा २ लाख १६ हजार ८५२ जना संक्रमित हुँदा २६ हजार ६४८ को मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ६ हजार ५१२ संक्रमित हुँदा ४ हजार १६७ जनाको ज्यान गएको छ । टर्कीमा १ लाख ९७ हजार २३९ संक्रमित हुँदा ५ हजार ९७ को ज्यान गएको छ ।

जर्मनीमा १ लाख ९४ हजार ८६४ जना संक्रमित हुँदा ९ हजार २९ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ६२ हजार ९३६ हुँदा २९ हजार ७७८ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म १ लाख ३७ हजार ७८७ संक्रमित हुँदा १ हजार ७३८ को मृत्यु भएको छ । चीनमा पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ५१२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

जापानमा १८ हजार ३९० जना संक्रमित हुँदा ९७१ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १२ हजार ७७२ जना संक्रमति फेला पर्दा ३ हजार १३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २८ जनाको भने मृत्यु भएको छ ।

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares