अष्ट्रेलियामा चिकित्सकहरुले घर घरमै पुगेर कोरोना परीक्षण गर्ने – EsancharPati
अष्ट्रेलियामा चिकित्सकहरुले घर घरमै पुगेर कोरोना परीक्षण गर्ने

अष्ट्रेलियामा चिकित्सकहरुले घर घरमै पुगेर कोरोना परीक्षण गर्ने

एपी : अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले अब घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोना भाइरसबाट अत्याधिक मानिस संक्रमित देखिएको मेलबर्नमा रहेका १० हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।

अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायको निवासमै गएर परीक्षण गरी संक्रमण नियन्त्रण प्रयास गर्न लागिएको अधिकारीहरुको भनाइ छ । कोरोना भाइरसले उत्पन्न गरेको महामारी नियन्त्रण गर्न मेलबर्न क्षेत्र अष्ट्रेलियाकै लागि सबैभन्दा बढी चुनौतीपूर्ण क्षेत्र मानिएको छ ।

भिक्टोरिया राज्यभरीमा बिहीबार ३३ जना नयाँ संक्रमित भेटिएका छन् । अष्ट्रेलियामा ३ महिनाअवधिमा एकैपटक यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । परीक्षण कार्यमा सम्लग्न एक चिकित्सक प्रिमियर ड्यानियल एन्डु«जले दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने योजना रहेको जानकारी दिए । यही दरमा कोरोना परीक्षण कार्य १० दिनसम्म जारी रहेने पनि बताए ।

परीक्षण सर्ब निःशुल्क गरिने छ भने नागरिकप्रतिको दायित्वको रूपमा यो परीक्षणलाई लिइएको छ । परीक्षण कार्यमा सम्लग्न भएका स्वास्थ्यकर्मीहरुलाई झण्डै १ हजार सैन्य अधिकारीहरुले समेत सघाउनेछन् ।अष्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसबाट कुल संक्रमित संख्या ७ हजार ५०० जना रहेको छ भने कोरोनाका कारण १०४ जनाको मृत्यु भइसकेको छ ।

Share This
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares