‘लिपुलेक’ मा नेपाली सेनालाई बाटो बनाउन भारतद्वारा अवरोध – EsancharPati
‘लिपुलेक’ मा नेपाली सेनालाई बाटो बनाउन भारतद्वारा अवरोध

‘लिपुलेक’ मा नेपाली सेनालाई बाटो बनाउन भारतद्वारा अवरोध

काठमाडौँ । नेपाली भूमि कालापानी कब्जा गरेको भारतले लिपुलेकमा सडक निर्माणको कार्य रोक्न मानेको छैन । आफ्नो भूमिमा सडक बनाएको भन्दै नेपाल सरकारले आपत्ति जनाउँदै सडक निर्माण स्थगित गरेर वार्तामा आउन बारम्बार आग्रह गरिरहेको भए पनि भारत निरन्तर सडक बनाइरहेको छ ।

भारतले ठूला ढुंगा नदीमा खसाल्दा नदी साँघुरिएको छ भने बहाव बढेको छ । बहाव बढ्दा नेपाली सेनाले बनाएको बाटो बगाएर लगेको छ । हामीले बनाएको बाटो महाकालीले बगाएर लगेको तथा भारततिर ब्लास्टिङ भएर ढुंगा खस्दा नदीको फ्लो ‌ओभर भएर अलिअलि खनेको पनि बगाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

‘अहिले हाम्रो टोली माथि उचाईमा उक्लिएको छ । त्यहाँ बगाउने भएपछि अर्को ठाउँमा निर्माण कार्य सुरु गरिएको छ,’ पाण्डेले भने । व्यास गाउँपालिका २ मा पर्ने मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकोले चीन र भारतको सीमासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका-१ मा पर्ने छाङरु र टिंकर गाउँका १८२ घर परिवारका करिब एक हजार २०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आउजाउ गर्न समस्या छ ।

उनीहरुले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्न बाध्य छन् । दार्चुला सदरमुकाम खलंगाबाट तिंकरसम्मको बाटोमा गएको वैशाख १४ गते नेपाल सरकारले बाटो बनाउने भनेर निर्णय गरेको छ । त्यो बाटोमा जिरोदेखि ४७ किलोमिटरसम्म सडक विभागले बनाउने र ४७ किलोमिटर पश्चात जिरो मानेर अर्को ८७ किलोमिटर नेपाली सेनाले बनाउने भनेर निर्णय गरेको सैनिक प्रवक्ता पाण्डेले बताए । समाचारपत्र

Share This
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares