विश्वभर ४४ लाख १५ हजार भन्दा बढीले कोरोना भाइरसलाई जिती घर फर्किय – EsancharPati
विश्वभर ४४ लाख १५ हजार भन्दा बढीले  कोरोना भाइरसलाई जिती घर फर्किय

विश्वभर ४४ लाख १५ हजार भन्दा बढीले कोरोना भाइरसलाई जिती घर फर्किय

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख ३ हजार ५९९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ५१ हजार ३८३ पुगेको छ ।

हालसम्म ४४ लाख १५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख १९ हजार ९४१ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २२ लाख ३४ हजार ४७१ पुगेको छ । अमेरिकामा ९ लाख १८ हजार ७९६ जना उपचार गरेर डिस्चार्ज भएका छन् ।

ब्राजिलमा हालसम्म ९ लाख ६० हजार ३०९ जना संक्रमित हुँदा ४६ हजार ६६५ जनाको मृत्यु भएको छ । रुसमा ५ लाख ५३ हजार ३०१ संक्रमित हुँदा ७ हजार ४७८ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३ लाख ६७ हजार २६४ संक्रमित हुँदा १२ हजार २६२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । बेलायतमा हालसम्म ४२ हजार १५३ जनाको मृत्यु भएको छ भने २ लाख ९९ हजार २५१ जना संक्रमित रहेका छन् ।

स्पेनमा संक्रमितको संख्या २ लाख ९१ हजार ७६३ पुगेको छ भने २७ हजार १३६ जनाको मृत्यु भएको छ । यता, इटालीमा संक्रमितको संख्या २ लाख ३७ हजार ८२८ पुग्दा ३४ हजार ४४८ जनाको मृत्यु भएको छ ।

पेरुमा २ लाख ४० हजार ९०८ जना संक्रमित हुँदा ७ हजार २५७ जनाको मृत्यु भएको छ । इरानमा १ लाख ९५ हजार ५१ जना संक्रमित हँदा ९ हजार १८५ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ९० हजार १७९ जना संक्रमित हुँदा ८ हजार ९२७ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ८२ हजार ७२७ संक्रमित हुँदा ४ हजार ८६१ को ज्यान गएको छ । फ्रान्समा संक्रमित १ लाख ५८ हजार १७४ हुँदा २९ हजार ५७५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा १ लाख ५८ हजार ८५ संक्रमित हुँदा ३ हजार ९३ जनाको ज्यान गएको छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । बंगलादेशमा हालसम्म ९८ हजार ४८९ संक्रमित हुँदा १ हजार ३०५ को मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा २८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार २९३ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा १७ हजार ६२८ जना संक्रमित हुँदा ९३१ जनाको ज्यान गएको छ ।

नेपालमा भने अहिलेसम्म ७ हजार १७७ जना संक्रमति फेला पर्दा १ हजार १६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २० जनाको भने मृत्यु भएको छ ।

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares