नेपालमा थप ५८६ मा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७ हजार १७७ पुग्यो – EsancharPati
नेपालमा थप ५८६ मा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७ हजार १७७ पुग्यो

नेपालमा थप ५८६ मा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ७ हजार १७७ पुग्यो

काठमाडौं- नेपालमा बुधबार थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

बुधबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

Share This
  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares