भारतिय सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक जनाको मृत्यु – EsancharPati
भारतिय सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक जनाको मृत्यु

भारतिय सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक जनाको मृत्यु

काठमाडौँ, ३० जेठ । सर्लाहीको भारतिय सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई नेपाल प्रवेशमा रोक्न खोज्दा शुरक्षाकर्मीवीच झडप भएको हो । झडपका क्रममा एक जनाको मृत्यु भएको प्रहरिले बतायको छ ।

मृत्यु हुनेको परिचय खुलिसकेको छैन । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।

त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेको प्रहरीले जनाएको छ ।

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares